आगलागीबाट एक घर जलेर नष्ट

भक्तपुर न्यूज

९ माघ २०७३ १०:४८

आगलागीबाट एक घर जलेर नष्ट

मुग, ९ माघ । मुगु सदरमुकाम गमगढीमा आज भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । सदरमुकामको माथिल्लो बजार अन्तर्गत जिल्ला प्रहरी कार्यालय नजिक रहेको गणेश भट्टको घर आगलागी भएर जलेको हो ।
जिल्ला प्रहरी कार्यालय नजिकै आगलागी भएकाले प्रहरीले समयमै आगलागी नियन्त्रणमा ल्याउन प्रयास गरेपनी घरको अधिकाशं भाग जलेर नष्ट भएको मुगुका प्रहरी नायव उपरीक्षक शारदा प्रसाद चौधरीले बताए । आगो कसरी लाग्यो भन्ने बारे केही नखुलेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *