लगातारको दुई हारपछि रियल मड्रिडले जित्यो

भक्तपुर न्यूज

९ माघ २०७३ ५:५०

लगातारको दुई हारपछि रियल मड्रिडले जित्यो

एजेन्सी, ९ माघ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा मालागालाई २–१ ले हराउँदै लगातारको दुई हारपछि रियल मड्रिडले जित दर्ता गरेको छ । रियल मड्रिड यसअघि लगातारको ४० खेलको अपराजित यात्रापछिका दुई खेलमा लगातार पराजित भएको थियो ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन दुवै गोल सर्जियो रामोसले गरे । मालागाका लागि एनोर एकोस्टाले एक गोल फर्काए । रामोसले ३५ र ४३ औं मिनेटमा गरी दुई गोल गर्दै घरेलु टोली रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ६३ औं मिनेटमा मालागाका लागि एकोस्टाले एक गोल फर्काए ।
जितपछि लिग लिडर रियल मड्रिडको १८ खेलबाट ४३ अंक भएको छ । रियल दोस्रो स्थानको सेभिल्ला भन्दा चार तथा तेस्रो स्थानको बार्सिलोना भन्दा पाँच अंकले अघि छ ।
गएराति नै भएको खेलमा स्पानियोलले ग्रनाडालाई ३–१ तथा भ्यालेन्सियाले भिल्लारियललाई २–० ले हरायो । एलाभेस र लेगानेसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *