टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

भक्तपुर न्यूज

९ माघ २०७३ ५:४०

टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

एजेन्सी, ९ माघ । म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै टोटनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २–२ को बराबरीमा रोकिएको हो ।
सिटीका लागि लेरोय साने र केविन डि ब्राउनले गोल गरे । टोटनह्यामका डेल अली र सन हेङ–मिनले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दुई तर्फबाट गोल दोस्रो हाफमा भएको हो । ४९ औं मिनेटमा साने तथा ५४ औं मिनेटमा ब्राउनले गोल गरेपछि सिटीले २–० को अग्रता लियो । तर यो अग्रता धेरै बेर टिक्न सकेन । ५८ औं मिनेटमा अलीले टोटनह्यामका लागि एक गोल फर्काए । ७७ औं मिनेटमा सनले बराबरी गोल गरे ।
बराबरीपछि २२ खेलबाट ४६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको चेल्सीको ५२ अंक छ । टोटनह्यामले लिभरपुललाई पछि पारेको छ । लिभरपुल ४५ अंकसहित तेस्रो स्थानमा छ । २२ खेलबाट ४३ अंकसहित म्यानचेस्टर सिटी भने पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *