दुर्घटनापछि चापेकोइन्सले खेल्यो पहिलो खेल

भक्तपुर न्यूज

९ माघ २०७३ ५:२१

दुर्घटनापछि चापेकोइन्सले खेल्यो पहिलो खेल

काठमाडौं ९ माघ । ब्राजिलियन क्लब चापेकोइन्सले आफ्नो टिमका अधिकांश खेलाडीको ज्यान जाने गरी भएको विमान दुर्घटनापछि पहिलो खेल खेलेको छ । कोलम्बियामा २९ नोभेम्बरमा भएको दुर्घटनामा चापेकोइन्सका १९ खेलाडी र स्टाफसहित विमानमा सवार ७१ जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि चापेकोइन्सले २२ नयाँ खेलाडी अनुवन्ध गरेको छ र बि्रजिलियन च्याम्पियन पल्मिरेससँग शनिबार मैत्रिपूर्ण खेल खेलेको छ । पाचेकोइन्सले नयाँ जीवन सुरु गर्नुअघि विमान दुर्घटनामा बाँचेका तीन खेलाडीलाई खेल अघि कोपा सुडामेरिकानाको उपाधि दिइएको थियो ।

 

डिफेण्डर नेटो र एलन रुसेल र गोलकिपर फलम्यान दुर्घटनामा बाँचेका थिए । उनीहरुले पीडित परिवारका सदस्यसँगै २० हजार समर्थकका अगाडि उपाधि उचाले । विमान दुर्घटनामा बाँचेका ६ जना मध्ये रिपोर्टर राफेल हेनजेल भने कमेन्टेटर थिए । यो खेलका लागि मात्र विश्वभरका २४१ पत्रकारले एक्रिडेसन पाएका थिए । खेल ७१ मिनेटमा रोकियो र दुबै टिमका सदस्यका साथै समर्थकले पीडितहरुको सम्मानमा ताली बजाए । मैत्रिपूर्ण खेलमा चापेकोइन्सले पल्मिरेससँग २-२ को बराबरी खेलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *