अदालत र न्यायाधिकरणमा बहसपैरवी कार्य बहिष्कार

भक्तपुर न्यूज

९ माघ २०७३ ५:०८

अदालत र न्यायाधिकरणमा बहसपैरवी कार्य बहिष्कार

सरकारी वकिल र चार ट्रेड युनियनले आज देखि मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवी कार्य बहिष्कार गर्ने भएका छन् ।

न्यायपरिषद्ले गतल तवरबाट उच्च अदालतमा न्यायधिश नियुक्ति गरेको भन्दै त्यसको विरोध स्वरुप महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिलहरुले आजदेखि सर्वोच्च अदालत लगायत मुलुकभरका अदालत बहिष्कार गर्न लागेका हुन् ।उनीहरुले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याए सम्म आज देखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गत शुक्रबार नै गरेका थिए ।

साथै उनीहरुले न्यायालयविरुद्ध हुने असहयोग आन्दोलनमा सम्बद्ध पक्षलाई सहयोगका लागि आग्रह समेत गरेका छन् । बिहान १० बजेबाट प्रारम्भ हुने असहयोग आन्दोलनलाई केही दिन दबाबका रूपमा र त्यसपछि अझै कडा र सशक्त बनाउने उनीहरुले बताएका छन् । परिषद्बाट भएको त्रुटिपूर्ण सिफारिस सच्याएर सरकारी वकिलको विभेदलाई सम्बोधन गर्न, उच्च अदालतमा न्यायाधीश पद रिक्त भएको सात दिनभित्र ज्येष्ठता कायम हुने गरी सरकारी वकिलबाट नियुक्त गर्न उनीहरूले माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *