एमालेको जनवर्गीय संगठनहरुको राष्टिय भेला सुरु हुँदै
काठमाडौं ९ माघ । नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला एवम् प्रशिक्षण आज देखि पोखरामा सुरु हुँदैछ । भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने सम्म चल्ने भेलामा संविधान कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिवहरू पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले प्रशिक्षण दिने कार्यक्रम छ । भेलामा प्रेस चौतारी, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, किसान महासङ्घ, जिफन्ट लगायतका विभिन्न २२ वटा एमाले आबद्ध घटक सङ्ठनका झण्डै ३ सय ५० जना पदाधिकारीको सहभागिता रहने एमालेले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८