बाग्मती किनारमा राष्ट्रिय झन्डा उद्यान बनाइने

भक्तपुर न्यूज

८ माघ २०७३ १३:२१

बाग्मती किनारमा राष्ट्रिय झन्डा उद्यान बनाइने

काठमाडौं, ८ माघ । जोरपाटीस्थित वाग्मती नदीको किनारमा सबैभन्दा ठूलो राष्ट्रिय झन्डा उद्यान निर्माण गरिने भएको छ ।  गोकर्णेश्वर नगरपालिका–१३ सुगम नगरस्थित वाग्मती किनारमा गत पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा उद्यान निर्माण अभियान सुरु गरिएको हो । उद्यानमा २० फिट लामो राष्ट्रिय झन्डा राखिनेछ । सो उद्यान निर्माणको जिम्मेवारी स्थानीय टाइमलाइन विद्यालयले लिएको छ । उद्यानमा आकर्षक रुख बिरुवा रोप्ने कार्यक्रम विद्यालयले नै गर्नेछ ।
सो अवसरमा सांसद रामेश्वर फुयाँलले विद्यार्थीलाई रोजगारमूलक प्राविधिक शिक्षा दिइनुपर्ने बताए । विद्यालयले निर्माण गर्ने राष्ट्रिय झन्डा उद्यानका लागि मेरातर्फबाट सक्दो सहयोग हुनेछ, राष्ट्रियतालाई सबल बनाई हिमाल, पहाड र तराईलाई जोड्न उद्यानले महत्वपूर्ण योगदान गर्नेछ, उनले भने।
विद्यालयको अभिभावक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रिजालले उद्यान निर्माणका लागि सहयोग आह्वान गरे। प्याब्सनका काठमाडौँ अध्यक्ष हरिकृष्ण श्रेष्ठ, विद्यालयका प्रअ रामप्रसाद बराललगायतले उद्यानले वाग्मतीलाई स्वच्छ बनाउन सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *