ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि रिड मोडल कलेजलाई

भक्तपुर न्यूज

८ माघ २०७३ १३:०२

ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि रिड मोडल कलेजलाई

काठमाडौं, ८ माघ । ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि रिड मोडल कलेजले जितेको छ।  आज भएको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पाखा लगाउदै पहिलो सहभागिता जनाएको रिड मोडलले उपाधि जितेको हो । उपाधिसँगै रिड मोडलले नगद ३ लाख २० हजार रुपैयाँ पनि हात पार्न सफल भएको छ। रिड मोडलले १५ खेलबाट ४५ अंक हासिल गर्यो।
त्यसैगरी डिफेन्डिङ च्याम्पियन एपीएफ क्लव दोस्रो स्थानमा सीमित हुँदा न्यु डायमन्ड एकेडेमी तेस्रो स्थानमा झरेको छ। लिगमा १५ खेल खेलेको एपीएफले १३ खेलमा जित र २ हार बेहोर्दै ३९ अंक जोड्यो भने न्यु डायमन्डले समान खेलबाट ११ जित र ४ हार बेहोरेपछि ३३ अंक लिएर तेस्रो स्थानमा खुम्चियो। १५ खेलमध्ये ९ खेलमा जित ६ मा पराजय बेहोएको पुलिस चौथो स्थानमा सीमित रह्यो भने पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पाँचौं, नेपाल आर्मी छैटौं र आयोजक ढोरपाटन स्पोर्ट्स क्लव सातौं स्थानमा रह्यो।
लिगको वेस्ट स्पाइकर रिड मोडलकी निर्मल, वेस्ट लिफ्टर रिड मोडलकै तेरिन, वेस्ट सर्भर एपीएफकी नेविका चौधरी, वेस्ट क्विकर न्यु डायमन्डकी ललिता नाथ, वेस्ट डिफेन्स पश्चिमाञ्चलकी एमकली कुँवर र वेस्ट ब्लकर एपीएफकी उषा विष्ट र वेस्ट कोच रिड मोडलका खुम गाउँले घोषित भए। उत्कृष्ट सबैलाई जनही ५÷५ हजार प्रदान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *