गोरखसमशेर राणालाई १७ औं परेवा उडान प्रतियोगिताको उपाधि

भक्तपुर न्यूज

८ माघ २०७३ १२:४६

गोरखसमशेर राणालाई १७ औं परेवा उडान प्रतियोगिताको उपाधि

काठमाडौं, ८ माघ । ठमेलका गोरख समशेर राणाले १७ औं परेवा उडान प्रतियोगितामा राष्ट्रिय कीर्तिमानसहित उपाधि हात पारेका छन् । गोरखले १३ औं परेवा उडान प्रतियोगितामा आफ्नै परेवाले राखेको ३२ घन्टा ५९ मिनेट उडानको राष्ट्रिय कीर्तिमानको समयमा ३२ मिनटले सुधार गर्दै ३३ घन्टा ३१ मिनेटका साथ नयाँ राष्ट्रिय कीर्तिमानसहित उपाधि हात पार्न सफल भएका हुन् ।
उनले नगद २५ हजार रुपैयाँसहित केयुर समशेर रनिङ्ग शिल्ड र मेडल प्राप्त गरे ।
प्रतियोगितामा भक्तपुर ठिमीका बिरेन्द्र श्रेष्ठ ३३ घन्टा ४ मिनेटका साथ दोश्रो र ठिमीकै रविन महर्जन २९ घन्टा ९ मिनेटका साथ तेश्रो भए । उनीहरुले नगद १५ र १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै काठमाडौंका रविन्द महर्जन चौथो, दिप्तराज जोशी पाँचौ र पुष्प महर्जन छैटौं स्थानमा रहे । उनीहरुले क्रमश नगद ५, ४ र ३ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट परेवाको उपाधि बानेश्वरका उज्वल रिमालले हात पारे । प्रतियोगितामा सहभागी १ सय ८९ परेवालाई पछाडी पार्दै उनको एक परेवाले ८ घन्टा ५२ मिनेटको उडान गर्दै उत्कृष्ट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *