संशोधन प्रस्ताव परिमार्जन नभएसम्म मोर्चाले समर्थन गर्दैन : ठाकुर

भक्तपुर न्यूज

७ माघ २०७३ १४:४२

संशोधन प्रस्ताव परिमार्जन नभएसम्म मोर्चाले समर्थन गर्दैन : ठाकुर

काठमाडौं, ७ माघ । मधेशी मोर्चा आवद्ध दल तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने बताएका छन् ।
मधेसी मोर्चाको दश प्रदेशको मागलाई सरकारले संशोधन प्रस्तावमा समावेश नगरेको भन्दै उनले मधेशको माग सम्बोधन हुनेगरी संशोधन प्रस्ताव परिमार्जन नभएसम्म मोर्चाले समर्थन गर्न नसकिने बताए ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुर्दै उनले सीमाङ्कनसम्बन्धी विवादको टुङ्गो नलागेको र निर्वाचनको लागि कानुन पनि नबनेको अवस्थामा निर्वाचन हुन नसक्ने भएकाले सरकारले निर्वाचन गर्न खोजे सहभागी नहुने धारणा राखे ।
जनसङ्ख्या र भूगोलको आधारमा गाउँपालिका र नगरपालिका गठन हुनुपर्नेमा जोड दिदै उनले स्थानीय पुनसंरचना आयोगले पेस गरेको प्रतिवेदन मान्य नहुने जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *