पुलिसलाई हराउँदै संकटा क्वाटरफाइलनमा प्रवेश
कास्की, ७ माघ । पोखरामा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सिएमजी संकटा क्लब क्वाटरफाइलनमा प्रवेश गरेको छ । आज भएको खेलमा संकटाले पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको हो ।
संकटाको लागि विश्व अधिकारीले ६४ औं र अनिल गरुङले ८७ औं मिनेटमा गोल गरेका थिए । पुलिसका लागि ३५ औं मिनेटमा रवि पासवानले गोल गरेका थिए । संकटाले अब सेमिफाइनल प्रवेशको लागि माघ ११ गते फरसह्गन्ज क्लब बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
