भक्तपुरमा दुई मोटरसाइकल ठोक्किदा एकको मृत्यु
भक्तपुर, ७ माघ । दुई मोटरसाइकल आपसमा ठोक्किदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुरको पिखेलमा आज बा ४३ प ८१०८ नम्बरको मोटरसाइकल र बा ४० प ३३८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा भक्तपुरको खोरिया गाउँका बाबुलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
