स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

भक्तपुर न्यूज

७ माघ २०७३ ५:०२

स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

एजेन्सी, ७ माघ । स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै मैदानमा १–० ले हराएको हो ।
बार्सिलोनाको जितमा २१ औं मिनेटमा नेइमारले गरेको गोल नै निर्णयक बन्यो । यो खेलमा लियोनल मेस्सी र लुइस स्वारेज पनि खेलेका थिए । २१ औं मिनेटमा नेइमारले गोल गरे पनि त्यसपछि भने रियल सोसिडाडका खेलाडीले बार्सिलोनालाई मौका दिएनन् ।
दोस्रो लेग आउँदो बिहीबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *