सेनेगल जिम्बाबेलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश
एजेन्सी, ७ माघ । सेनेगल जिम्बाबेलाई हराउँदै अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गाबोनमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा जिम्बाबेलाई २–० ले हराउँदै समूह बी मा रहेको सेनेगलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
सेनेगलको जितमा साडिओ माने र हेनरी साइभेट्ले गोल गरे । लगातार दोस्रो जित निकाल्दै सेनेगल अफ्रिका कप अफ नेशनस २०१७ को क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।
यस्तै गएराति नै भएको खेलमा अल्जेरियालाई २–१ ले हराउँदै ट्युनिसियाले अन्तिम ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
ट्युनिसियाको जितमा स्लिटीले गोल गरे । यस्तै अल्जेरियाका म्यानडीले आत्मघाती गोल गरे । अल्जेरियाका लागि इन्जुरी समयमा हान्नीले एक गोल फर्काए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३