दाहाल सरकारमा दुई मन्त्री थपिए
काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले साना दलबाट दुई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बनेसँगै दाहाल मन्त्रिपरिषद ४३ सदस्यीय पुगेको छ । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिएको छ । दुबैमन्त्रीले आजै राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।
अघिल्लोपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि सिंह खानेपानी तथा सरसफाई मन्त्री थिए। उनी अहिलेसमेत गरी पाँचपटक मन्त्री भएका छन् भने खड्का पहिलो पटक मन्त्री बनेका हुन् । यो सँगै सरकारका २ उपप्रधानमन्त्री २६ मन्त्री र १४ राज्यमन्त्रीसहित ४३ पुगेको हो। अघिल्लो केपी ओली सरकार ४० सदस्यीय थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५