एपिएफलाई हराउँदै धरान क्वाटरफाइनलमा

भक्तपुर न्यूज

५ माघ २०७३ १५:४३

एपिएफलाई हराउँदै धरान क्वाटरफाइनलमा

पोखरा, ५ माघ । पन्ध्रौं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आजको खेलमा धरान फुटबल क्लवले सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई हराएको छ ।
प्रतियोगितामा धरानले बलियो प्रतिस्पर्धी एपिएफलाई १–० गोलले हराएर क्वाटरफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो । निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित ९० मिनेटको समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि थपिएको २० मिनेटको अतिरिक्त समयमा गोल गर्दै धरानले बाजी मारेको हो । खेलको १०५ औं मिनेटमा धरानका लागि वर्तमान राईको पासमा दीपक राईले गोल नै निर्णयक बन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *