८० जना न्यायाधीशले आज शपथ लिँदै
काठमाडौं, ५ माघ । उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरुलाई शपथ गराउने कार्यक्रम छ ।
नेपाल बार, सरकारी वकिल र केही राजनीतिक दलको बिरोध हुँदाहुँदै न्यायाधीशलाई शपथ गराउन लागिएको हो । न्यायपरिषदले गएको पुस २८ गते राति नियुक्तिका लागि सिफारिस गरेपछि उनीहरुको नियुक्ति र पदस्थापन समेत भइसकेको छ ।
परिषदले कानुन, न्याय र सरकारी वकिल समूहका विशिष्ट श्रेणी, सहसचिव, पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई समेटेर उच्च अदालतमा नियुक्तिको सिफारिस गरेको थियो ।
नियुक्ति असमावेशी भएको भन्दै नेपाल बारले विरोध जनाएको छ भने सरकारी वकिलहरुले निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२२ असोज २०८१ १५:१६
ह्वाट्सएप बारे जान्नै पर्ने केही फिचर !
२४ असोज २०८१ ८:०८
कार्तिक आर्यनको फिल्म ‘भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक
२३ असोज २०८१ १८:३६