अफ्रिका कप अफ नेशनसमा घानाको विजयी

भक्तपुर न्यूज

५ माघ २०७३ २:२१

अफ्रिका कप अफ नेशनसमा घानाको विजयी

एजेन्सी, ५ माघ ।  गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह डी मा रहेको घानाले गएराति भएको खेलमा युगाण्डालाई १–० ले हरायो । घानाको जितमा ३२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा एन्ड्रयु आयुले गरेको गोल नै निर्णायक बन्यो । घानाले त्यसपछि पनि तीन पटक गोल गर्ने राम्रा मौका बनाएको थियो । तर युगाण्डाका गोलरक्षक डेनिस अनयानगोले सुन्दर बचाउ गरे ।
गएराति नै भएको समूह डी अन्तर्गतकै खेलमा इजिप्ट मालीसँग गोलरहित बराबरीमा रोकिएको छ । इजिप्टलाई हारबाट जोगाउन गोलरक्षक एसाम एल–हाडार्रीको भूमिका महत्वपूर्ण रह्यो । एल–हाडार्री अफ्रिका कप अफ नेशनसमा खेल्ने सबै भन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । उनी आइबार ४४ वर्ष लागेका थिए । उनी खेलको क्रममा घाइते भएर मैदानबाट बाहिरिए पनि ४४ वर्षको उमेरमा सुन्दर बचाउ गर्दै टिमलाई हारबाट भने जोगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *