नेपालमा पेट्रोलियमको मूल्य नबढ्ने

भक्तपुर न्यूज

४ माघ २०७३ १७:१६

नेपालमा पेट्रोलियमको मूल्य नबढ्ने

काठमाडौं, ४ माघ । भारतबाट पेट्रोलियम पदार्थको मूल्यसूची  बढेर आएपनि नेपालमा भने नबढ्ने भएको छ । आयल निगमले मूल्य यथावत रहेको जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेशनले प्रत्येक अंग्रेजी महिनाको १ र १५ गते नयाँ मूल्य सूची पठाउछ । त्यही अनुसार यो जनवरी १५ मा पठाएको नयाँ मूल्य सूची अनुसार निगमको घाटा झनै बढ्ने भएपनि तत्काल मूल्य नचलाउने निगमका प्रवक्ता भानु खनालले जानकारी दिए ।
गएको तीनवर्षदेखि नाफामा रहेको निगमपहिलोपटक घाटामा गएको छ। स्वचालित मूल्यसूचीअनुसार मूल्य निर्धारण गर्दै आएको निगमले गत आर्थिक वर्ष डेढ अर्ब रुपैयाँ कमाएको निगम गएको साउनमा मात्र ऋणमुक्त भएको थियो ।   तर गएको महिनादेखि भारतबाट आएको मूल्यअनुसार नेपालमा मूल्य निर्धारण नहुँदा निगमको घाट बढ्दै गएको छ। हाल निगमको घाटा ७ करोड रुपैयाँ पुगिसकेको र यो आँकडा अब बढ्दै जाने अधिकारीहरुले बताएका छन् ।
निगमलाई डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घाटा  छ भने पेट्रोलको नाफा खुम्चिएर ७५ पैसामा झरेको छ। त्यस्तै भारतमा भन्दा नेपालमा डिजेल,पेट्रोलको मूल्यान्तर पनि बढ्दै गएको छ । निगमका अनुसार हाल डिजेल २४।२४ रुपैयाँ नेपालमा सस्तो छ भने पेट्रोल १७।६२ रुपैयाँ सस्तो रहेको छ । नेपाल र भारतको मूल्यान्तर १० रुपैयाँभन्दा धेरै हुनुनहुने आइओसी एनओसीबीच सम्झौता भएपनि राजनीतिक दबाबका कारण निगमले मूल्य पनुरावलोकन गर्न नसकेको अधिकारीहरुले बताएका छन् ।
भारतभन्दा नेपालमा डिजेल र पेट्रोलको मूल्यअन्तर बढ्दै गएर तस्करी बढीरहेको भन्दै मूल्य बढाउने निगमले तयारी गरेपनि विरोधको डरले मूल्य यथावत राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *