इस्तानबुल आक्रमणका मुख्य अभियुक्त पक्राउ
एजेन्सी, ४ माघ । टर्कीको इस्तानबुल स्थित एक रात्री क्लबमा भएको आतंकवादी आक्रमणका मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा अब्दुलकादिर मासारिपाव रहेका छन् । उनी इस्तानबुलको एसनयुर्त जिल्लाबाट पक्राउ परेको बताइएको छ । मासारिपावले नयाँ वर्षको खुसीयाली मनाउन इस्तानबुलको रेना नाइट क्लबमा भेला भएकाहरु माथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए । उक्त आक्रमणको आइएसले सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदलामा आफूहरुले गरेको भन्दै जिम्मा लिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०