संगीत समारोहमा एक बन्दुकधारी गरेको आक्रमणमा परी ५ को मृत्यु

भक्तपुर न्यूज

४ माघ २०७३ १६:५३

संगीत समारोहमा एक बन्दुकधारी गरेको आक्रमणमा परी ५ को मृत्यु

एजेन्सी, ४ माघ । मेक्सिकोको भइरहेको संगीत समारोहमा एक बन्दुकधारीले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । आक्रमणका क्रममा मृत्यु हुनेमा दुई क्यानेडियन, एक इटली र एक जना कोलोम्बियन नागरिक रहेका छन् भने एक महिलाको भागदौडमा क्रममा मृत्यु भएको हो ।
मेक्सिकोको किटाना राज्यको प्लाया देलमा भइ रहेको संगीत समारोह अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बन्दुकधारी भने फरार भएको बताइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *