सहाराले सुदूरपश्चिमलाई ४-० ले हरायो
काठमाडौं, ४ माघ । आयोजक सहारा क्लब पोखराले १५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सहाराले आज सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० गोल अन्तरले हराएको हो । सहाराका लागि रिचार्ड पुनले २ तथा सेगुन एतिएइ र मार्टिन्सले १–१ गोल गरे । प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा अमेरिकाको अना युएसए फुटबल टिम, बंगलादेशको फरासगन्ज एफसी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिएका छन् । त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्स्याङदी क्लब र त्रिभुवन आर्मी क्लब छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५