​मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व : देउवा

भक्तपुर न्यूज

३ माघ २०७३ ८:२२

​मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व : देउवा

पोखरा, ३ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताएका छन ।
नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा  पहाडी र मधेसी जनताबीच झगडा गराउने षड्यन्त्र भइरहेको बताउँदै हिमाल, पहाड र तराईबीचको एकता देशको आवश्यकता भएको उल्लेख गरे ।
संविधान संशोधनमा अघि सारिएको प्रदेशको सीमाङ्कनको विषयमा यसअघि तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र केपी ओलीबीच हस्ताक्षर गरिएको विषय भएको उल्लेख गर्दै उनले अहिले त्यही अवधारणालाई अघि बढाइएको बताए  ।
संविधानको सफल कार्यान्वयन र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आसन्न तीनवटै तहका निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक भएको बताउँदै उनले त्यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए  ।
पार्टीमा आन्तरिक एकता नभए चुनाव जित्न सकिँदैन, जसले चुनाव जित्न सक्छ, त्यसैलाई उम्मेदवारको टिकट दिने हो, उनले भने, काँग्रेस पराजय हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन, संविधानको कार्यान्वयनजस्ता धेरै कुरा प्रभावित बन्छ, टिकट पाउनेलाई नपाउनेले सहयोग गरी अघि बढ्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *