मधेस विनाको काठमाडौं कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

भक्तपुर न्यूज

३ माघ २०७३ ६:२९

मधेस विनाको काठमाडौं कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु नै मुलुकका राजनीतिक दलको पहिलो दायित्व भएको बताएका छन् ।
दुवई भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मधेश बिनाको काठमाडौं र देशको कल्पना नै गर्न नसकिने दोहोर्याएका हुन् ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको भन्दै प्रचण्डले कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन नसकिने जिकिर गरे ।
मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएको बताउँदै दाहालले भने जबदेखि मेरो नेतृत्वमा सरकार बन्यो तबदेखि म कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ भन्दै देश दौडाहामा लागीरहेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *