राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशा कुसुमको विवाह आज हुँदै
काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशा कुसुमको विवाह आज हुँदैछ । राष्ट्रपति भण्डारीले शितल निवासबाटै छोरीको विवाह गराइदिन लागेकी हुन् । पूर्व राष्ट्रपति रामवरण यादवका नाति एवं सांसद किरण यादवकी छोरा अभिशेष यादवसँग निशाको विवाह हुन लागेको हो ।
वैवाहिक समारोह सामाजिक सुधार ऐन २०३३ भित्र रहेर गरिने शीतल निवास स्रोतले जनाएको छ । जन्ती पनि ५१ जना भन्दा बढी जाने छैनन् । विहे भोजमा झण्डै १५ सय जना सहभागी हुने बुझिएको छ ।
विवाह समारोहमा भाग लिन पूर्व राजा ज्ञानेन्द्र शाह लगायत दलका शीर्ष नेताहरुलाई निम्ता गरिएको छ । ज्ञानेन्द्र पहिलोपटक शीतल निवास जाँदै छन् । गणतन्त्र घोषणाको ८ वर्षपछि ज्ञानेन्द्रले पहिलोपटक शीतल निवास प्रवेश गर्न लागेको हुन् । राष्ट्रपति आफैले निम्ता गरेपछि ज्ञानेन्द्रले सहजै स्वीकार गरेको निर्मल स्रोतले बताएको छ ।