रेडियो नारायणीमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति

भक्तपुर न्यूज

३ माघ २०७३ ५:३६

रेडियो नारायणीमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति

चितवन, ३ माघ । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो रेडियो नारायणीमा आगलागी भएको छ । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोमा गएराति विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ ।
रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिएका छन् । क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ ।
आगलागिबाट भएको क्षतिको मूल्यांकन भर्इ नसके पनि करिब १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको बताइएको छ । आगलागीपछि रेडियोको प्रसारण गएरातिदेखि नै बन्द भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *