निगमले अमेरिकी कम्पनीको दुई जहाज किन्ने

भक्तपुर न्यूज

३ माघ २०७३ ५:३२

निगमले अमेरिकी कम्पनीको दुई जहाज किन्ने

काठमाडौं, ३ माघ । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाएको छ । निगमलाई जहाज खरिदका लागि जमानी बस्ने निर्णय भने सरकारले यसअघि नै गरिसकेको छ ।
जहाज खरिदको विषयमा प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा अमेरिकी कम्पनीको जहाज खरिद गर्ने निर्णय गरेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।
हिजो अमेरिकी कम्पनीलाई आशयपत्र समेत पठाइएको र केही दिनभित्रै अमेरिकी कम्पनी सम्पर्कमा आउने तथा जहाज खरिदको समग्र विषयमा छलफल हुने कंसाकारको भनाई छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जहाज खरिदको विषयमा निर्णय गर्न निगमलाई यसअघि नै सहमति दिएको निगमले उल्लेख गरेको छ ।
यस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजी बैंक तथा वित्तीय संस्था समेतले ऋण लगानी गर्ने प्रतिवद्धता जनाएको कंसाकारले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *