रियल मड्रिडको अपराजित यात्रा टुंगियो

भक्तपुर न्यूज

३ माघ २०७३ ५:२७

रियल मड्रिडको अपराजित यात्रा टुंगियो

एजेन्सी, ३ माघ । कीर्तिमानी ४० खेलमा अपराजित रहेको रियल मड्रिडको अपराजित यात्रा टुंगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भयो ।
रियल मड्रिडको हारमा सर्जियो रोमोसको आत्मघाती गोल र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी स्टिभव जोवेटिकको गोल निर्णायक बन्यो । सेभिल्लाको मैदानमा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा रोकिए पनि ६७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई अग्रता दिलाए ।तर खेला सकिन पाँच मिनेट बाँकी हुँदा रामोसले आफ्नो पूर्व क्लबका लागि आत्मघाती गोल गरे । इन्जुरी समयमा जोवेटिकले गोल गर्दै सेभिल्लालाई जित दिलाए । गएको अप्रिल ६ यता रियल मड्रिडको यो पहिलो हार हो ।
जितसँगै सेभिल्ला १८ खेलबाट ३९ अंकसहित बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको १८ खेलबाट ३८ अंक छ ।
गएराति भएका अन्य खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–१, सेल्टा डि भिगोले एलाभेसलाई १–० तथा एइबरले स्पोर्टिङ गिजोनलाई ३–२ ले हरायो । ग्रनाडा र ओसासुनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *