एभर्टनले म्यानचेस्टर सिटीलाई हरायो

भक्तपुर न्यूज

३ माघ २०७३ ५:२२

एभर्टनले म्यानचेस्टर सिटीलाई हरायो

एजेन्सी, ३ माघ । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी लिग अन्तर्गत गएराति भएको खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले म्यानचेस्टर सिटीलाई ४–० ले हराएको हो ।
एभर्टनको जितमा रामेलु लुकाकु, केविन मिल्नर, टम डेविस र एडेमोला लुकम्यानले गोल गरे । खेल अवधिभर बलमा बढी नियन्त्रण म्यानचेस्टर सिटीको भएपनि गोल भने गर्न सकेन । ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै एभर्टनलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४७ औं मिनेटमा मिल्नरले एभर्टनको अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा डेविस तथा इन्जुरी समयमा लुकम्यानले गोल गरेपछि एभर्टनले म्यानचेस्टर सिटीलाई ४–० हरायो ।
हारपछि पाँचौं स्थानमा झरेको म्यानचेस्टर सिटीको २१ खेलबाट ४२ अंक छ । सिटी शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि परेको छ । ३३ अंकसहित एभर्टन सातौं स्थानमा छ । हारसँगै सिटीको उपाधी होड सकिएको प्रशिक्षक पेप गार्डिवलालले बताएका छन् । यो हार गार्डिवलाको प्रशिक्षकका रुपमा अहिलेसम्मकै ठूलो हार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *