लिभरपुल र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेले
एजेन्सी, ३ माघ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको महत्वपूर्ण खेलमा लिभरपुल र म्याचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । लिभरपुल र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेलेका हुन् ।
युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा २७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडका लागि खेल सकिन ६ मिनेट बाँकी हुँदा जाल्टन इब्राहिमोविचले बराबरी गोल फर्काए ।
बराबरीपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ र शीर्ष स्थानको चेल्सी भन्दा सात अंकले पछि छ । छैटौं स्थानको युनाइटेडको ४० अंक छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५