भारतले इंग्ल्याण्डलाई तीन विकेटले हरायो

भक्तपुर न्यूज

३ माघ २०७३ ५:१३

भारतले इंग्ल्याण्डलाई तीन विकेटले हरायो

एजेन्सी, ३ माघ । तीन एक दिवसीय क्रिकेट श्रृँखलाको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाई तीन विकेटले हराएको छ । पुणेमा हिजो भएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय ५१ रनको लक्ष्य सात विकेटको क्षतिमा भेट्टायो ।
विराट कोहलीको कप्तानीमा खेलेको पहिलो एक दिवसीय श्रृँखलमा भारतले विजयी सुरुवात गरेको छ । टेस्ट क्रिकेटमा कोहलीको कप्तानीमा जितको यात्रा गर्दै आएको भारतीय टोली उनैको कप्तानीमा एक दिवसीय श्रृँखलाको पहिलो खेलमा पनि विजयी भयो । सन् २०१४ देखि टेस्ट क्रिकेटको कप्तान बनेका कोहली पहिलो पटक सीमित ओभरको कप्तान बनेका हुन् । महेन्द्र सिंह धोनीले टेस्टपछि एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि अब विराट युगको सुरुवात भएको मानिएको छ ।
विराटले आफ्नो युगको सुरुवात जितसहित गरेका छन् । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय ५१ रनको लक्ष्य सुरुमा भारतका लागि ठूलो मानिएको थियो । तर कप्तान कोहली र केदार जाधवको शानदार शतकको मद्दतमा भारतले लक्ष्य पूरा
ग¥यो । कोलीले एक सय पाँच बलमा ८ चौका र पाँच छक्काको मद्दतमा एक सय २२ तथा जाधवले ७६ बलमा १२ चौका र चार छक्काको मद्दतमा एक सय २० रन बनाए । यो खेलमा महेन्द्र सिंह धोनी ६ रन बनाएर आउट भए । इंग्ल्याण्डका ज्याक बलले तीन तथा डेविड विल्ली र बेन स्टोक्सले दुई दुई विकेट लिए । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जोए रुटको ७८, ज्यासन रोयको ७३ तथा बेन स्टोक्सको ६२ रनको मद्दतमा तीन सय ५० रन बनाएको थियो । भारतका हार्दिक पाण्डेय र जसप्रीत बुमराहले दुई दुई विकेट लिए । तीन एक दिवसीयको श्रृँखलमा भारतले १–० को अग्रता लिएको छ । यसअघि भारतले टेस्ट श्रृँखलमा इंग्ल्याण्डलाई ४–० ले हराएको थियो । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट पनि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *