अब पुनर्निर्माण कार्यले तीव्रता पाउँछ : गृहमन्त्री निधी
काठमाडौं, २ माघ। कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गरेका छन् ।
१९ औँ भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले सरकारले अब पुनःनिर्माण कार्यलाई तीव्रता दिने बताए ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचार संहिता पालना गर्नुपर्नेमा जोड दिए ।
सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै पाण्डेले आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउने दावी गरे ।
महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचार संहिताको दायरमा ल्याएको धारणा राखे ।