दलहरुबीच सहमति भएपछि निर्वाचनको मिति तोक्ने : सञ्चारमन्त्री कार्की
काठमाडौं, २ माघ। सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले दलहरुबीच सहमति जुटेपछि स्थानीय तह निर्वाचनको मिति तोक्ने बताएका छन् । आगामी जेठसम्ममा स्थानीय तहको निर्वाचन गर्नेगरी गृहकार्य भइरहेको कार्कीले बताए ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेकाले संशोधन भइराख्ने धारणा राखे । मधेसको माग पनि एकै पटकमा पूरा हुन नसक्ने उनको भनाई छ ।
स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको दावी गरे ।
सरकारका प्रवक्ता समेत रहनु भएका कार्कीले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक भएको धारणा राखे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८