सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएन
काठमाडौं, २ माघ। आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । गत शुक्रबार ५४ हजार ६ सय रुपैयाँले कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बढेको छ । गत शुक्रबारप्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
