६२ औं फिल्मफेयर अवार्डमा कसले कुन अवार्ड जिते ?
एजेन्सी, माघ २ । सन् २०१६ को अन्तिममा प्रदर्शनमा आएको चलचित्र दंगलले बलिवुडको सम्मानित अवार्ड फिल्मफेयर अवार्डमा तीन ठूला अवार्ड जितेको छ ।
६२ औं फिल्मफेयर अवार्डमा चलचित्र दंगलमा महावीर सिंह फोगाटको चरित्रमा अभिनय गरेका आमिर खानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।
यस्तै निदेर्शक नितेश तिवारीले सर्वोत्कृष्ट निदेर्शकको अवार्ड जितेका छन् भने दंगल सर्वोत्कृष्ट चलचित्र बनेको छ । उड्ता पञ्जाब र डियर जिन्दगीबाट सर्वोत्कृष्ट अभिनेत्रीका लागि दोहोरो मनोनयनमा परेकी आलिया भट्टले डियर जिन्दगीबाट अवार्ड जितेकी छन् । चलचित्र नीरजाबाट सोनम कपुरले सर्वोत्कृष्ट अभिनेत्री क्रिटिक्स अवार्ड पाएकी छन् ।
६२ औं फिल्मफेयर अवार्डमा कसले कुन अवार्ड जिते ?
- सर्वोत्कृष्ट अभिनेताः आमिर खान (दंगल)
- सर्वोत्कृष्ट अभिनेत्रीः आलिया भट्ट (डियर जिन्दगी)
- सर्वोत्कृष्ट चलचित्रः दंगल
- सर्वोत्कृष्ट निर्देशकः नितेश तिवारी (दंगल)
- फिल्मफेयर क्रिटिक्स अवार्ड (सर्वोत्कृष्ट चलचित्र): नीरजा
- फिल्मफेयर क्रिटिक्स अवार्ड (सर्वोत्कृष्ट अभिनेता): शाहिद कपुर (उड्ता पञ्जाब) र मनोज वाजपेयी (अलीगढ)
- फिल्मफेयर क्रिटिक्स अवार्ड (सर्वोत्कृष्ट अभिनेत्री): सोनम कपुर (नीरजा)
- सर्वोत्कृष्ट अभिनेता (लघु चलचित्र): मनोज वाजपेयी (ताण्डव)
- सर्वोत्कृष्ट निर्देशक (डेब्यु): अश्विनी अय्यर तिवारी (निल बट्टे सन्नाटा)
- सर्वोत्कृष्ट अभिनेता (डेब्यु): दिलजीत दोसांज (उडता पञ्जाब)
- सर्वोत्कृष्ट अभिनेत्री (डेब्यु): रितिका सिंह (साला खडुस)
- सर्वोत्कृष्ट सम्वादः रितेश शाह (पिंक)
- सर्वोत्कृष्ट स्क्रीनप्लेः शकुन बत्रा र आयशा देवित्रे ढिल्लन (कपुर एण्ड सन्स, सिन्स १९२१)
- सर्वोत्कृष्ट कथाः शकुन बत्रा र आयशा देवित्रे ढिल्लन (कपुर एण्ड सन्स, सिन्स १९२१)
- सर्वोत्कृष्ट सहायक अभिनेताः ऋषि कुपुर (कपुर एण्ड सन्स, सिन्स १९२१)
- सर्वोत्कृष्ट सहायक अभिनेत्रीः शबाना आजमी (नीरजा)
- फिल्मफेयर लाइफ टाइम अचिवमेन्ट अवार्डः शत्रुघन सिन्हा
- सर्वोत्कृष्ट संगीतः प्रीतम (ऐ दिल है मुश्किल)
- सर्वोत्कृष्ट पाश्र्व गायकः अरजीत सिंह (ऐ दिल है मुश्किल)
- सर्वोत्कृष्ट पाश्र्व गायिकाः नेहा भसीन (जग घुमेहा–सुल्तान)
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६