कैदीबन्दी समुहबीच झडप हुँदा कम्तिमा १० को मृत्यु
एजेन्सी, माघ २ । ब्राजिलको एक जेलमा कैदी समुहबीच झडप हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको एलकाकुज जेलमा दुई कैदीबन्दी समुहबीच झडप भएको हो ।
यो वर्ष लागेपछि मात्र ब्राजिलको जेलमा भएको यो तेस्रो झडप हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यका जेलमा भएको झडपमा परि एक सय जनाको मृत्यु भएको थियो ।
एलकाकुज जेलबाट विस्फोट तथा गोली हानाहानको आवाज सुनिएको बिबिसीले जनाएको छ । जेलमा अहिले कैदीबन्दीको नियन्त्रण रहेको र आफूहरु प्रवेश गर्ने प्रयासमा रहेको प्रहरी अधिकारी बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
