भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
एजेन्सी, माघ २ । भारत बिहारको पटनास्थित गंगा नदीमा गएराति डुंगा दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ । केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
२० जनाको क्षमता रहेको डुंगाा ४० भन्दा बढी चढेका थिए । यसैबीच बिहारका मुख्यमन्त्री नितीश कुमारले मृतका परिवारलाई उचित क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
