जात र धर्मको नाममा राजनीति गर्न खोज्नु आगोसँग खेले बराबर : नेपाल

भक्तपुर न्यूज

२ माघ २०७३ ८:४५

जात र धर्मको नाममा राजनीति गर्न खोज्नु आगोसँग खेले बराबर : नेपाल

भक्तपुर , २ माघ । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जात र धर्मको नाममा राजनीति गर्न खोज्नु आगोसँग खेले बराबरको हुने बताएका छन् ।
सयय समाज साप्ताहिक पत्रिकाको १२ औं बार्षिकोत्सवको उद्घाटन गर्दै नेता नेपालले नेपालको वर्तमान राजनीतिक वातारण खल्बलाउन जात र धर्मको नाममा राजनीति गर्नेहरु आगोसँग खेली रहेको बताए ।
देशको बिपक्षमा लाग्नेहरु देश दोह्री भएको र नेपाललाई अस्थिरता तर्फ लानेहरुको पहिचान गरि नेपालीले नै कारवाहि गर्नु पर्नेमा उनको जोड छ ।
स्थानिय तहको निर्वाचन देशको आवश्यकता रहेको र कसैले चाहेर पनि स्थानिय तहको निर्वाचन रोक्न नसक्ने भन्दै उनले संबिधान संशोधनका नाममा स्थानिय तहको निर्वाचनको सौदा बाजी भए त्यसले देशलाई ठूलो क्षती पुग्ने नेपालको टिप्पणी छ ।

कार्यक्रममा सञ्चार क्षेत्रमा निरन्तर संवाद कार्यक्रम गर्दै सञ्चार क्षेत्रको बिकासमा योगदान पु¥याएको भन्दै रफत सञ्चार क्लबलाई कदर पत्र प्रदान गरिएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखा र क्रियाशिल पत्रकार मञ्चलाई समेत कदर पत्र प्रदान गरिएको थियो । हरेक बर्ष एक पत्रकारलाई दिइने सम्मान गर्ने यस वर्ष कान्तिपुर दैनिककी भक्तपुर संवाददाता लिला श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *