बार्सिलोना रियल मिड्रिड भन्दा दुई अंकले मात्रै पछि

भक्तपुर न्यूज

२ माघ २०७३ २:१४

बार्सिलोना रियल मिड्रिड भन्दा दुई अंकले मात्रै पछि

एजेन्सी, २ माघ । स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी दुईमा छुट्याएको छ । ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लुइस स्वारेजको दुई गोलको मद्दतमा लास पालमसलाई ५–० ले हराएको छ ।
बार्सिलोनाको जितमा लियोनल मेस्सी, आर्ड तुरान र एलेक्स विडालले एक एक गोल गरे । १४ औं मिनेटमा स्वारेजले गो गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप चार गोल गर्‍यो । ५२ औं मिनेटमा मेस्सी तथा ५७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । ५९ औं मिनेटमा तुरान र ८० औं मिनेटमा विडालले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित निकाल्यो ।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको १८  खेलबाट ३८ अंक भएको छ । दुई खेल कम खेलको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ ।
गएराति नै भएको अन्य खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई १–० ले हरायो । यस्तै एथ्लेटिको बिल्बाओ र लेगानेस तथा भिल्लारियल र डिप्रोटिभो ला कोरुनाले गोलरहित बराबरी खेलेका छन्  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *