चेल्सीलाई सात अंकको अग्रता
एजेन्सी, २ माघ । चेल्सीले इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता लिसेस्टर सिटीलाई पराजित गरेको छ । यो सिजनका सर्वाधिक गोलकर्ता डिएगो कोस्टा बिना खेलेको चेल्सीले लिसेस्टरलाई उसकै मैदानमा ३–० ले हराउँदै सात अंकको अग्रता कायम गरेको छ ।
चेल्सीलाई जिताउन मार्कोस एलोन्सोले दुई तथा पेड्रोले एक गोल गरे । छैटौं मिनेटमा नै एलोन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीका लागि ५१ औं मिनेटमा एलोन्सोले व्यक्तिगत दोस्रो गोल गरे । ७१ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।
जितपछि शीर्ष स्थानको चेल्सीको २१ खेलबाट ५२ अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८