आर्सनल तेस्रो स्थानमा उक्लियो

भक्तपुर न्यूज

२ माघ २०७३ १:४५

आर्सनल तेस्रो स्थानमा उक्लियो

एजेन्सी, २ माघ । आर्सनलले दुई उपहार गोलको मद्दतमा इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा शानदार जित दर्ता गरेको छ । आर्सनलले स्वान्सी सिटीलाई उसकै मैदानमा ४–० ले हराएको हो ।
आर्सनललाई जिताउन ओलिभर जिरउड र एलेक्स सान्चेजले एक एक गोल गरे । यस्तै स्वान्सीका कोर्क र नोउटनले आत्मघाती गोल गरे । ३७ औं मिनेटमा जिरउडले गोल गर्दै आर्सनललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफ स्वान्सीका लागि निकै घातक बन्यो । एलेक्स इवबीको प्रहार जोगाउन खोज्दा ज्याक कोर्कले ५४ औं मिनेटमा आत्मघाती गोल गरे । यस्तै इवबीकै प्रहार जोगाउने क्रममा केली नोउटनले आत्मघाती गोल गरे पछि चेल्सीको अग्रता ३–० मा पुग्यो । ७३ औं मिनेटमा सान्चेजले गोल गर्दै आर्सनललाई ४–० को जित दिलाए । जितपछि तेस्रो स्थानमा उक्लिएको आर्सनलको २१ खेलबाट ४४ अंक छ । एक खेल कम खेलेको चौथो स्थानको लिभरपुलको पनि ४४ अंक नै छ ।
गएराति भएका अन्य खेलमा वेष्ट ह्यामले क्रिष्टल प्यालेसलाई ३–०, स्टोक सिटीले सन्डरल्याण्ड तथा हल सिटीले बोर्नमाउथलाई समान ३–१ र बर्नलीले साउथह्यामप्टनलाई १–० ले हरायो । वाट्फोर्ड र मिडल्सबर्गले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *