जनतामा दलहरुप्रति विश्वास घट्दै गयो : सिंह
काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राजनीतिक अस्थिरताले जनतामा दलहरुप्रति विश्वास घट्दै गएको बताएका छन् ।
सहिदहरुको सम्झनामा तनहुँको बन्दिपुर सहिद बाटिकामा आयोजित कार्यक्रममा बोल्दै सिंहले हाल राजनीतिमा मुल्य मान्यता हराउँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरे।
संविधान जारी गर्दा गरेको समझदारी नभुल्न समेत बिरोधमा रहेका राजनीति दलहरुलाई उनले अपिल गरे । स्थानीय तहको निर्बाचन हुने भन्दै सिंहले तयारीमा जुट्न समेत जिल्लाका नेताहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
