बसले मोटरसाइकललाई ठक्कर दिँदा तीनको मृत्यु
सुनसरी, १ माघ । सुनसरीको हरिपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा चढेका तीन जनाको मृत्यु भएको छ । हरिपुर–५ स्थित लोकमार्गमा इटहरीतर्फ जाँदै गरेको ना ४ ख २९३१ नम्बरको बसले विपरित दिशाबाट आइरहेको को १९ प ३३५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी–५ का २५ वर्षका कान्छा तामाङको मात्र सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जना्एको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०