काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ

भक्तपुर न्यूज

१ माघ २०७३ ७:११

काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ

ताप्लेजुङ, १ माघ । जग्गा समस्याका कारण ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीबाट उत्पादन गर्न लागिएको काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा ढिलाइ भएको छ । दशैंपछि काम थालिने भनिएको आयोजनाको काम विश्व बैंकसँगको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउनुपर्ने भएकाले अझै सडक छुट्यााउन नसक्दा निर्माण सुरु हुन नसकेको हो ।
विश्व बैंकले सन् २०१० मा गरेको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउने उल्लेख थियो । ३७ दशमलव ६ मेगावाट विद्युत उत्पादन हुने काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्था (ईएफसी) कोे ८० प्रतिशत ऋण लगानी तथा २० प्रतिशत प्रर्वद्धक कम्पनीको लागत रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *