१५ किलो सुनसहित एक पक्राउ
काठमाडौं, १ माघ । काठमाडौंको बालाजुबाट १५ किलो सुनसहित एक जना पक्राउ परेका छन् । गएराति रसुवाबाट काठमाडौंका लागि छुटेको टाटा सुमोमा तस्करी गरी ल्याइएको सुन सूचनाका आधारमा खोजी गर्दा १५ किलो सुन भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो सुमोमा चालक मात्र थिए । सुनसहित तस्करीमा संलग्न व्यक्ति र गाडीलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
