उपत्यकासहित देशैभर चिसो अझै बढ्ने
काठमाडौं १ माघ । काठमाडौं उपत्यकासहित देशभर पछिल्लो समय बढेको चिसो अझै बढ्ने मौसमविदले बताएका छन् । आज बेलुकादेखि अर्को पश्चिमी वायु नेपाल भित्रन लागेको तथा अहिले पश्चिमी जेट स्ट्रिम नामक हावा नेपालमाथि रहेकाले चिसो अझै बढ्ने मौसम पूर्वानुमान महाशाले जनाएको छ ।
त्यसकै प्रभावले आज बेलुकादेखि केहीदिन देशभरिको मौसम बदली हुनेछ भने दिउँसो बादल र हावा लागेपछि चिसो झन् बढ्ने मोसमविद् मिनकुमार अर्यालले जानकारी दिए। पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।
अब एक पटक चिसो ह्वात्तै बढ्ने र त्यसपछि भने विस्तारै तातो हुँदै जाने महाशाखाको अनुमान छ । अहिले पनि तराईसहित देशका अधिकांश बाक्लो हुस्सु लागेको छ । काठमाडौंको हिजो १ दशमलव २ डिग्री सेल्सियस रहेकोमा आज १ डिग्री सेल्सियसमा झरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८