चेल्सीका स्ट्राईकर डिएगो कोष्टा र प्रशिक्षक ईब्रामोबीचको विवाद

भक्तपुर न्यूज

१ माघ २०७३ ४:२२

चेल्सीका स्ट्राईकर डिएगो कोष्टा र प्रशिक्षक ईब्रामोबीचको विवाद

 एजेन्सी १  माघ । चेल्सीका स्ट्राईकर डिएगो कोष्टाले फिटनेसनका बारेमा प्रशिक्षकसगँ विवाद गरे पछि उनलाई प्रिमियर लिगमा लिष्टर विरुद्ध आज हुने खेलमा पहिलो रोजाईबाट हटाईएको छ ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी समेत रहेका कोष्टाले तीन दिन देखि प्रशिक्षणमा भाग नलिएको जस्ता कुरामा प्रशिक्षक रोमन अब्रामोभिचसगँ विवाद भएको थियो । कोष्टाको चेल्सीसगँ सन् २०१९ सम्म सम्झौता रहेको र प्रशिक्षकले त्यो अवधि सम्म उनलाई कायम राख्ने आशा चेल्सी क्लबले व्यक्त गरेको छ ।

केही दिन अघि कोष्टा ३० मिलियन डलर प्रति वर्ष पाउने गरी चीन जाने समाचार समेत आएका बेला यो घटना भएको हो । उनले चेल्सीका लागि यो सिजनमा मात्रै १४ गोल गरी ४ गोलका लागि सहयोग पुर्याएका थिए । चेल्सीका खेलाडी ओस्कार र जोन मिकेल ओलले पनि केही समय अगाडी चीनीया क्लबमा आवद्ध भए पछि चेल्सीलाई छाडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *