राष्ट्रपतिको शुभकामना सन्देश

भक्तपुर न्यूज

१ माघ २०७३ ४:१६

राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौं १ माघ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सुभाकामना दिनु हुदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

राष्ट्रपतिले भण्डारीले आज शुभकामना सन्देश गर्दै विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपी सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना दिएकीहुन् ।

तरुल लगायत कन्दमूल तथा घ्यु, चाकु, तिलको लड्डु र खिचडी लगायत परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने सन्देशमा उल्लेख छ ।

मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको दायित्व भएको राष्ट्रपतिले बताउनु भएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वका अवसरमा शुभाकामना दिनुहुदै सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि होस् भन्ने कामना गरकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *