दाइजो नपाएपछि श्रीमतीको हत्या
काठमाडौं ,१, माघ । रौतहट महेशपुरका सन्तोषकुमार साहले पाँच लाख रुपैयाँ दइजो नपाएको निहुँमा श्रीमती लालमुनी कुमारीको हत्या गरेको लालमुनीका माइती पक्षले आरोप लगाएका छन् ।
सन्तोष र उनको परिवारले पटक-पटक पाँच लाख रुपैयाँ दाइजो मागेको तर दिन नसकेपछि मार्ने धम्की दिने गरेको लालमुनीका दाइ जयप्रकाशले बताए । दाइजोकै निहुँमा बहिनालाई पटकपटक यातना दिने गरेको जयप्रकाशले दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
बहिनीको बिहेमा उनीहरुले १० लाख रुपैयाँ दाइजो दिएका थिए । लालमुनीका माइती पक्षले हत्याका किटानी दिएपछि ससुरा राजेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्तोष भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०