राज्यकोष रित्याउँदै लावालस्कर

भक्तपुर न्यूज

१ माघ २०७३ २:५२

बिराटनगर ,१,माघ । विराटनगर/झापा – को १ झ २३५ नम्बरको आधा रातो आधा निलो रंगले पोतिएको गाडी मोरङ-सुनसरी सिँचाइँ आयोजना विराटनगरको हो । जिल्ला आउँने भिआइपीका लागि आयोजनाले यो गाडी ढुक्कै छुट्टाइदिएको छ। त्यसैले गाडीमा सेतो नम्बर सेतो प्लेट राखिएको छैन ।

सेतो रंगको यो पजेरोमा हरदम राष्ट्रिय झण्डा झुण्डाइरहेको हुन्छ। चालक दुखाराम चौधरी सफारी सुट र नेपाली टोपीमा तम्तयार रहन्छन् । आयोजनाको महंगो गाडी यहाँ आउने भिआइपी ओसार्न बाहेक अरू काममा प्रयोग गरिएको छैन ।

आफ्नो कामको लागि प्रयोग नभए पनि गाडीको मर्मतसम्भार, इन्धन र चालकको खर्च आयोजनाले बेहोर्दै आएको छ । भिआइपी आएको बेला एउटा गाडीले मात्र कहाँ पुग्छ र ! स्कर्टिङका लागि साइरनसहितको प्रहरी गाडी चाहिन्छ । भिआइपीले कार्यकर्ता चढ्न सरकारी कार्यालयकै गाडी माग्छन् । ट्राफिकको गाडी कुदाइरहनुपर्छ ।

अघिपछि प्रहरीका साइरनवाला सवारीको ताँती। उत्तीकै संख्यामा अन्य सरकारी सवारी साधन प्रमुख जिल्ला अधिकारीदेखि अन्य कार्यलयका हाकिमको गाडीको लस्कर देख्न पाइन्छ । शीर्ष तहका नेता, पूर्वप्रधानमन्त्री, मन्त्री र सरकारी निकायका भिआइपी आउँदा यस्तो दृश्य देखिन्छ । भिआइपीको सवारी चलाउन तथा तिनको अघि देखापर्न चल्ने तछाँडमछाड ले अनाहकमा राज्यकोषको दोहन भइरहको खबर आजको  नागरिकमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *